Madhes Khabar
अर्थतन्‍त्र

केन्द्र सरकारबाट पर्सा जिल्लालाइ पाँच अर्ब बजेट

मघेसखबर

वीरगन्ज,२१जेठ

आगामी आर्थिक वर्ष २०७९/८० मा सङ्घ सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी पर्सा जिल्लाको लागि पाँच अर्ब १० करोड १६ लाख रुपैयाँ विनियोजन गरेको छ ।

वीरगंज महानगरपालिकालाई एक अर्ब ४४ करोड ८६ लाख, पर्सामा रहेका तीनवटा नगरपालिकालाई र एक अर्ब ६४ लाख तथा १० वटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।

पोखरिया नगरपालिकालाई ३३ करोड ३२ लाख, पर्सागढी नपालाई ३१ करोड ४७ लाख र बहुदरमाई नपालाई ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित गरेको देखिन्छ ।

त्यसैगरी, छिपहरमाई गापालाई २८ करोड ३५ लाख, जगरनाथपुर गापालाई २८ करोड ८९ लाख, धोबिनी गापालाई २२ करोड १२ लाख, पकाहामैनपुर गापालाई २१ करोड, पटेर्वासुगौली गापालाई २८ करोड तीन लाख, विन्ध्यवासिनी गापालाई २४ करोड ४० लाख, सखुवाप्रसौनी गापालाई ३३ करोड ९८ लाख, ठोरी गापालाई ३१ करोड २६ लाख, कालिकामाई गापालाई २२ करोड २९ लाख, जीराभवानी गापालाई २५ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

स्थानीय तह अन्तर्गत सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान घटबढ भएकाले अन्य पालिकाबीच बजेटको अन्तर देखिन्छ ।

विशेष अनुदान नपाउने स्थानीय तहमा नौवटा पालिका छन् । धोबिनी, सखुवाप्रसौनी, विन्ध्यवासिनी, पकाहामैनपुर, छिपहरमाई, कालिकामाई गाउँपालिका र बहुदरमाई, पोखरिया, पर्सागढी नगरपालिका रहेका छन् ।

यसपालिको बजेटमा महानगरलाई रु दुई करोड, जगरनाथपुर गापालाई एक करोड ४४ लाख, पटेर्वासुगौली गापालाई दुई करोड, ठोरी गापालाई दुई करोड ८५ लाख र जीराभवानी गापालाई एक करोड विशेष अनुदान पाएको देखिन्छ ।साभार:प्रतीक

Related posts

वीरगन्ज महानगरले कडाई गरेपछि ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता

MadhesKhabar

सुनको भाउ एकैदिन तोलामा १६ सय रुपैयाँले बढ्यो

MadhesKhabar

नेपालमा भारुकाे भाउ घट्नुकाे कारण हुन्डी, तस्करी कि भारतीय पर्यटक ?

MadhesKhabar

Leave a Comment