Madhes Khabar
राजनीति समाचार हेडलाइन

पर्सागढी नगरपालिका वडा ६ र ७ मा अजय चौरसियाको घरदैलो अभियान

वीरगञ्ज ५,फागुन :पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार अजय चौरसियाले पर्सागढी नगरपालिका वडा नम्बर ६ र ७ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उनले स्थानीय नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाहरू सुनेका थिए।

स्थानीयवासीहरूले उम्मेदवार चौरसियालाई स्वागत गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। कार्यक्रममा स्थानीय सहभागिता उत्साहजनक देखिएको थियो।

चौरसियाले जनताको विश्वास र साथ नै आफ्नो अभियानको मुख्य आधार भएको बताउँदै विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो अभियान आगामी दिनहरूमा पनि निरन्तर जारी रहने जनाइएको छ।

Related posts

विद्यालयमा सरस्वती पूजाको नाममा विद्यार्थीबाट चन्दा वा शुल्क नउठाउन वीरगन्ज महानरको निर्देशन

MadhesKhabar

जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्दै

MadhesKhabar

नहरमा भ्रष्टाचार गरेकाे भन्दै नारायणी सिंचाइ वीरगन्जका कर्मचारीहरु विरुद्ध मुद्दा दायर

MadhesKhabar

Leave a Comment