Madhes Khabar
शिक्षा हेडलाइन

विद्यालयमा सरस्वती पूजाको नाममा विद्यार्थीबाट चन्दा वा शुल्क नउठाउन वीरगन्ज महानरको निर्देशन

वीरगन्ज,२५पुसःवीरगन्ज महानगरपालिकाको कार्यालयले विद्यार्थीहरुसंग सरस्वती पूजाका लागि चन्दा वा शुल्क नउठाउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।

माघ ९ गते परेको सरस्वती पूजाका लागि निजी विद्यालयहरुले विद्यार्थीहरुले शुल्क र चन्दाका नाममा रकम उठाउन थालेको अभिभावकहरुको गुनासो आएपछि महानगरपालिकाले बिहीबार एक सूचना नै जारी गरेर त्यसो नगर्न निर्देशन दिएको हो ।

महानगरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले सूचना जारी गर्दै सरस्वती पूजाको बहानामा विद्यार्थीहरुबाट कुनैपनि शुल्क वा चन्दा नउठाउन, उठाइरहेको भए तत्काल रोक्न र रकम लिइसकेको भए तत्काल फिर्ता गर्नपनि निर्देशन दिएका छन् ।

साथै महानगरपालिकाले विद्यालयहरुमा सरस्वती पुजाको नाममा चन्दा /शुल्क संकलन गरी विद्यालयमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम तथा विभिन्न गतिविधिहरू संचालन गर्ने गरेको पाइएकोले सरस्वती पूजाको अवसरमा गरिने सम्पुर्ण क्रियाकलापहरू मर्यादित, व्यवस्थित तथा शैक्षिक उद्देश्य अनुरूप सञ्चालन गर्न÷गराउनपनि अनुरोध गरेको छ ।

Related posts

माइस्थान सौन्दर्यकरणको काम तत्काल पूरा गर्न मेयर सिंहकाे निर्देशन

MadhesKhabar

थारुको कलासंस्कृत जगेर्ना गर्न पटेर्वा सुगौली गाँउपालिकामा शास्त्रीय संगीत कक्षा सञ्चालन

MadhesKhabar

पर्साकाे गादिमाई आधारभुत विद्यालयको वार्षिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु पुरस्कृत

MadhesKhabar

Leave a Comment