Madhes Khabar
स्थानिय हेडलाइन

माइस्थान सौन्दर्यकरणको काम तत्काल पूरा गर्न मेयर सिंहकाे निर्देशन

मधेसखबर
वीरगन्ज ,०९ असाेज:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले माइस्थान मन्दिर क्षेत्रको सौन्दर्यकरणको निरीक्षण गर्दै बाँकी काम तत्काल सक्न निर्देशन दिएका छन् ।

एक साताको मलेसिया भ्रमण सकेर आइतबार दिउँसो मात्रै वीरगन्ज आइपुगेका उनी सोझै माइस्थान क्षेत्रको निरीक्षणमा पुगेका थिए ।

सोमबार देखि बडा दशैँ शुभारम्भ हुने भएकाले मन्दिर सौन्दर्यकरणका लागि भइरहेको निर्माणको काम तत्काल सक्न सिंहले ठेकेदारलाई निर्देशन दिएका हुन् ।

वीरगन्जलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्न माइस्थान मन्दिर क्षेत्रको सौन्दर्यकरण गरिएको भन्दै उनले यस पटक भक्तजनले सहजताका साथ मन्दिर दर्शन गर्न पाउने बताए ।

गहवामाइ मन्दिर क्षेत्रमा रहेका घरमा टांगिएका च्यातिएका ब्यानर र फुटपाथमा राखिएकासामन हटाएर मन्दिर क्षेत्र सफा बनाउन पनि नगर प्रहरीलाई उनले निर्देशन दिए ।

‘फुटपाथ र नाला मिचेर राखेका सामान हटाउन निर्देशन दिँदै नगर प्रहरीलाई मेयर सिंहले भने, ‘आतंक मच्चाउने गरि नभए सम्झाएर हटाउन लगउनु ।’

महानगरपलिकाले ८५ लाख रुपैयाको लागतमा माइस्थान अगाडिको सडकका साथै मन्दिरको दायाँबायाँ दुबै तर्फको सडकमा युरोपियन स्टाण्डर्डको पेभर्स लगाएर सौन्दर्यकरण गरिदैछ ।

पेभर्स लगाउने कम सकिएको र नालाको थोरै काम मात्रै बाँकी रहेकाले रातभरमा काम सम्पन्न गराउने गरि आफूहरु खटिरहेको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिले जनाएको छ ।

Related posts

वीरगन्जमा हिन्दुवादीहरुले जलाए कान्तिपुर पत्रिका

MadhesKhabar

नेपाललाई सुरुआती झट्का, वेस्ट इन्डिजविरुद्ध ४.५ ओभरमै ३ विकेट आउट

MadhesKhabar

मन्त्री सिंहासन कलवारकी पत्नीले ठेक्का लिएका ६ वटा सडककाे काम अलपत्र

MadhesKhabar

Leave a Comment