Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा हिन्दुवादीहरुले जलाए कान्तिपुर पत्रिका

वीरगन्ज,३०साउन: वीरगन्जमा मंगलबार कान्तिपुर दैनिक पत्रिका जलाइएको छ ।हिन्दू धर्ममाथिको आस्था र विश्वासमाथि प्रहार गर्ने समाचार लेखेको भन्दै केहि व्याक्तिहरुकाे समूहले बाइपास सडकमा मंगलबार बिहान पत्रिका जलाएको हो ।

व्यापारिक घराना चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीस्थित शाश्वत धाममा प्रवचनका ल्याउने तयारी गरिरहेको बेला कान्तिपुर पत्रिकाले साउन २८ गतेका दिन ‘अतिवादी धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

त्यही समाचारकाे विराेधमा हिन्दूवादी संघ संगठनहरूले मंगलबार बिहान बाइपास सडकमा कान्तिपुर पत्रिका जलाउँदै ‘हिन्दु विरोधी कान्तिपुर मुर्दावाद’ को नारापनि लगए ।

पत्रिका जलाएको पुष्टि गर्दै पर्साका प्रहरी उपरीक्षक कोमल शाहले अज्ञात समूहले पत्रिका जलाएको हुँदा उनीहरूको खोजी भइरहेको बताए ।

यता नेवाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले समाचारप्रति चित्त नबुझे कानुनी व्यवस्था र प्रक्रिया भएपनि पत्रिका जलाउनु अनुचित कार्य भएको प्रतिक्रिया दिए । उनले भने, ‘यो सरासर गलत काम हो । यसरी पत्रिका जलाउन पाइँदैन ।समाचारमा चित्त नबुझेमा उजुरबाजुर गर्ने निकाय छ । त्यहाँ उजुरी गर्न सकिन्छ ।तर पत्रिका नै जलाउनु दण्डहीनता हाे । यसले प्रेस स्वतन्त्रतामाथि प्रहार गरेको छ ।’

अध्यक्ष तिवारीले मुलुकमा कानुन छ भन्ने अनुभुती दिलाउनका लागि पत्रिका जलाउने कार्यमा संलग्नहरुलाई खोजेर कानुनबमोजिम कारबाही गर्न मागपनि गरे ।

Related posts

वीरगन्ज–पथलैया सडकखण्डमा बस दुर्घटना: १५ जना घाइतेको पूरा विवरण

MadhesKhabar

मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप, दुई प्रहरी घाइते

MadhesKhabar

नारायणी अस्पतालमा सुत्केरी महिलाका लागि सुविधासम्पन्न पिएनसी वार्ड सञ्चालन

MadhesKhabar

Leave a Comment