Madhes Khabar
खेलकुद हेडलाइन

नेपाललाई सुरुआती झट्का, वेस्ट इन्डिजविरुद्ध ४.५ ओभरमै ३ विकेट आउट

वीरगञ्ज, ३ फागुन:टी–२० विश्वकप अन्तर्गत नेपाल र वेस्टइन्डिजबीचको रोमाञ्चक खेल जारी छ। मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा भइरहेको यस खेलमा नेपालले सुरुआती चरणमै ठूलो झट्का व्यहोरेको छ।

नेपालले ४.५ ओभर खेल्दा ३ विकेट गुमाउँदै मात्र १९ रन जोड्न सकेको छ।नेपालका ओपनर आसिफ शेख ११ रन बनाएर आउट भएका छन्। उनी शिमरोन हेटमायरको बलमा पवेलियन फर्किएका हुन्।

सुरुआती विकेटहरू गुमेपछि अब नेपालका बाँकी ब्याट्सम्यानहरूलाई टोलीलाई संकटबाट बाहिर निकाल्दै प्रतिस्पर्धात्मक स्कोर बनाउनुपर्ने चुनौती रहेको छ।

खेलको आगामी समय नेपालका लागि निकै महत्वपूर्ण हुने देखिएको छ, जहाँ संयमित ब्याटिङ र रन गति बढाउन आवश्यक छ।

Related posts

बीएसएल : कालिकामाईमाथि साउथ जोन स्टार्सको फराकिलो जित

MadhesKhabar

जनकपुर र काठमाडौंको ल्याबमा गरिएको कल्चर टेष्टमा पनि वीरगन्जमा हैजा नै फैलिएको पुष्टि

MadhesKhabar

तराई–मधेसका जिल्लामा पर्सिसम्म तातो हावा चल्ने, सतर्कता अपनाउन आग्रह

MadhesKhabar

Leave a Comment