Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

थारुको कलासंस्कृत जगेर्ना गर्न पटेर्वा सुगौली गाँउपालिकामा शास्त्रीय संगीत कक्षा सञ्चालन

वीरगन्ज,२९भदौंः थारु जाति र थरुहट क्षेत्रबाट लोप हुदैं गएको शास्त्रीय संगीत जगेर्नाका लागि पर्साको पटेर्वा सुगौली गाँउपालिकाले अग्रसरता लिएको छ । पालिकाले शास्त्रीय संगीत अध्ययन प्रतिष्ठान नै गठन गरेर शास्त्रीय संगीत सिकाउने कक्षापनि सुरु गरेको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि पालिकाले शास्त्रीय संगीत सिकाउने कक्षाको औपचारिक रुपमा सुरुवात गरेको हो । कार्यक्रममा पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले शास्त्रीय संगीत कक्षाको उद्घाटन गरेका हुन् ।

पटेर्वा सुगौली गाँउपालिका–४ सुगौली दापस्थित गुदरबाबा मठको कोठामा शास्त्रीय संगीत अध्ययन प्रतिष्ठानको कार्यालय स्थापना गरी त्यँहि शास्त्रीय संगीत कक्षा सञ्चालन गरिएको अध्यक्ष चौधरीले बताए ।

थरुहट क्षेत्र र थारु जातिबाट लोप हुदैं गएको शास्त्रीय संगीतको जगेर्ना गर्न र आजको पिढींलाई यसतर्फ आकर्षित गर्ने उदेश्यले शास्त्रीय संगीत अध्ययन प्रतिष्ठान नै गठन गरेर शास्त्रीय संगीत कक्षा सञ्चालन गरिएको उनले बताए। शास्त्रीय संगीत कक्षामा थारु जातिको कलाकसंस्कृति र पहिचानसंग जोडिएका तबला,ढोलक,बेन्जु,हारमुनियम लगायतका बाद्यबादन बजाउन सिकाइने अध्यक्ष चौधरीले जानकारी दिए ।त्यसका लागि भारतको बनारस र ग्वालियरबाट शास्त्रीय संगीत पढेर आएका स्थानीय दुई जनालाई प्रशिक्षकका रुपमा गाँउपालिकाले राखेको उनले बताए ।

शास्त्रीय संगीत कक्षामा आवश्यक डिएका तबला,ढोलक,बेन्जु,हारमुनियम लगायतका बाद्यबादनहरु र प्रशिक्षकको व्यवस्थापन गाँउपालिका कार्यालयले नै गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।शास्त्रीय संगीत सिक्न चाहनेका लागि न्युनतम भर्ना शुल्कमात्र लाग्ने र त्यसबाहेक अरु कुनै शुल्क तिर्न नपर्ने उनले बताए ।

शनिबारको शुभारम्भ कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष ममता महतो थारु, वडा नम्बर ४ का वडाध्यक्ष बासु पन्जियार, सखुवा प्रसौनी गाँउपालिका–३ का वडाध्यक्ष मुजालिम अन्सारी, प्रशिक्षकद्वय शंकर चौधरी र राजदेव महत्तो लगायतकोपनि सहभागीता थियो ।

 

 

Related posts

बहुदरमाईका विद्यालयहरुको चाबी शिक्षकले सिडिओलाई बुझाए, १० हजार विद्यार्थीको पठनपाठन ठप्प

MadhesKhabar

कोशी टप्पु आरक्षका विस्थापितको समस्या समाधानका लागि पहल गर्छु : मन्त्री यादव

MadhesKhabar

आठ वर्षको निरन्तर प्रयासपछि पर्सा जिल्ला पूर्ण खोप घोषणा हुन सफल

MadhesKhabar

Leave a Comment