Madhes Khabar
गण्डकी प्रदेश हेडलाइन

निजगढ विमानस्थलकाे काम छिट्टै अगाडि बढाउने प्रधानमन्त्री प्रचण्डकाे घाेषणा

पाेखरा,१७पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम छिट्टै अघि बढाउने घोषणा गरेका छन्। आइतबार नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निजगढ विमानस्थलको काम पनि छिट्टै अगाडि बढाउने घोषणा गरेका हुन्।

प्रचण्डले भने, ‘मैले सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प गरेको छु। मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिनेछु। यो तेस्रो अन्तराष्ट्रिय विमानस्थल हो। काठमाडौं र भैरहवापछि पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेको छ। हामी छिट्टै निजगढ विमानस्थलको काम अगाडि बढाउँछौ। हामी विकासका कामलाई तीव्रता दिएर अघि बढ्छौँ।’

विमानस्थल निर्माण गर्ने पोखरेली जनताको जागरण र संकल्पलाई प्रधानमन्त्रीले सम्मान गरेका छन्। उनले भने, ‘पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनाउन तपाइँहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनुभयो। प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो ।’

प्रधानमन्त्री प्रचण्डले देश विकासका लागि आफू जुटेको भन्दै अवरोध रहेका कामलाई क्रमश: अघि बढाउने बताए। उनले आफू प्रधानमन्त्री भएलगत्तै चीनका नाका खुल्न थालेको बताउँदै यसका लागि चिनियाँ सरकारलाई धन्यवाद दिएका छन्। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

पर्साका सिंहासन सा कलवारसहित ५ सांसदकाे पद चैट

MadhesKhabar

आज गणतन्त्र दिवस

MadhesKhabar

मधेसका बेराेजगार युवालाई मासिक २ हजार भत्ता दिने मुख्यमन्त्री यादवको घाेषणा

MadhesKhabar

Leave a Comment