Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्ज गाेल्डकप फुटबल फागुनमा

फाइल तस्बिर ।

वीरगन्ज,२५पुस:दाेस्राे वीरगन्ज गाेल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी फागुन १७ गतेदेखि सुरु हुने भएको छ।

 

भेट्रान्स सिटी क्लब वीरगन्जले दाेस्राे वीरगन्ज गाेल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आदर्शनगर रंगशालामा आगामी फागुन १७ गतेदेखि आयाेजना हुने जनाएको हाे।

 

वीरगन्ज महानगरपालिकाकाे सहयोगमा आदर्शनगर रंगशालामा हुने प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिसकिएको आयोजक भेट्रान्स सिटी क्लब वीरगन्जले जनाएको छ।प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाईज युनाइटेड, संकटा क्लब, सलहेश युवा क्लब,मच्छिन्द्र फुटबल क्लब, वीरगन्ज युनाईटेड र भारत दिल्लीकाे
गढवाल एफसी गरि कूल ८ टिमले भाग लिने भएका छन्।

 

प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफीसहित नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेता टिमले नगद ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने पनि आयोजक क्लबले जनाएको छ ।

यसअघि गत वर्ष प्रथम वीरगन्ज गाेल्डकप फुटबल प्रतियोगिता २०८० साल कार्तिक १८ देखि २५ गतेसम्म आदर्शनगर रंगशालामै भएको थियाे।उक्त प्रतियोगिताको फाइनल खेलमा आर्मी क्लबलाई २-० ले हराउँदै पुलिस क्लबले उपाधि जितेको थियाे।

Related posts

पर्सामा विकास बजेट ४२ प्रतिशत मात्र खर्च

MadhesKhabar

वीरगन्जकाे चिकेन स्टेसनलाई कारबाही गर्न आयाेगले गृह मन्त्रालयलाई पठायाे पत्र

MadhesKhabar

लामखुट्टे नियन्त्रणका लागि वीरगन्ज महानगरका ३२ वटै वडामा विषादी छर्कन सुरु

MadhesKhabar

Leave a Comment