Madhes Khabar
कृषि हेडलाइन

उखु किसानलाई प्रतिक्विन्टन ३५ रुपैयाँ अनुदान दिने सरकारको निर्णय

फाइल तस्बिर ।

काठमाडौं,२४असार: सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानलाई प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान दिने निर्णय गरेको हो।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावले उखु किसानलाई अनुदान दिने निर्णय भएको एक मन्त्रीले बताए। आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रदान गर्ने अनुदान रकम ३५ रुपैयाँ कायम गरिएको ती मन्त्रीको भनाइ छ।

 

सरकारले उखु किसानलाई प्रत्येक वर्ष अनुदान दिँदै आएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा पनि उखु किसानलाई अनुदान उपलब्ध गराउने बताएका थिए। उनले राष्ट्रिय अनुदान नीतिअनुसार उखु किसानले अनुदान रकम पाउने बताएका थिए।साभार:अन्नपूर्णपाेष्ट

Related posts

धाेनीकाे चेन्नाईले आइपिएल जितेकाे खुशीमा वीरगन्जका युवाद्वारा आश्रममा खाद्यान्न सहयाेग

MadhesKhabar

वीरगन्जमा अतिक्रमण गरि बनाइएका संरचना हटाउने महानगरको अभियान निरन्तर

MadhesKhabar

गर्मी बढेसंगै वीरगन्जको ब्लड बैंकमा रगतको अभाव, रक्तदानको लागि आह्वान

MadhesKhabar

Leave a Comment