Madhes Khabar
स्थानिय हेडलाइन

बारा मालपाेत कार्यालयका दुई खरिदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीरगन्ज ,२९जेष्ठ : १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका मालपोत कार्यालय बाराका दुई जना खरिदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सोमबार विशेष अदालत काठमडौँमा खरिदार रामविश्वास साह र गौरीशंकर कुमार कुशवाहाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गराएको हो।

साह र कुशवाहाले जग्गा रजिष्ट्रेशनका लागि सेवाग्राहीसँग १५ हजार घुस माग गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले दुबै जनालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको क्रममा दुबै जनाले घुस लिइ भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएकोले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।साभार: देशसञ्चार

Related posts

वीरगन्जमा तिब्र गतिमा चलाइएका दुई मोटरसाइकल आपसमा ठोक्किदा एक युवकको मृत्यु

MadhesKhabar

वीरगन्जमा प्रदर्शन जारी,लगातार अश्रुग्यास प्रहार,कर्फ्यु लम्ब्याइयाे

MadhesKhabar

आज लक्ष्मीपूजा , कुकुर तिहार पनि आजै

MadhesKhabar

Leave a Comment