वीरगन्ज,१माघः पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ मापनि थारु समुदायको मुख्य पर्ब माघी भव्यताका साथ मनाइएको छ ।
सखुवा प्रसौनी गाँउपालिकाको सहयोगमा सखुवाप्रसौनी युवा समाजले आयोजना गरेको माघी महोत्सवमा थारु समुदायको संस्कृति र रहनसहनका साथै खानाका परिकारहरु प्रदर्शन गरिएको थियो भने थारु लोकसस्कृति झल्किने सांस्कृतिक कार्यक्रमपनि गरिएको थियो ।
वडाध्यक्ष चिरञ्जीवी महत्तोको अध्यक्षता तथा पूर्वमन्त्री तथा कांग्रेस नेता सुरेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको माघी महोत्सवमा विशिष्ठ अतिथी गाँउपालिका अध्यक्ष यशवन्त यादव रहेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट ,भूतपूर्व उपाध्यक्ष फुलमती देवी चौधरी,वडाअध्यक्षहरु बासुदेव महतो थारु,मोजामिल अन्सारी,प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार,प्रहरी निरीक्षक राजाराम केसरी,शसस्त्र प्रहरी निरीक्षक केशर लगायतकोपनि उपस्थिती थियो ।

