Madhes Khabar
धर्म/संस्कृति मधेस प्रदेश

मुर्ति सेलाउने क्रममा दुई समुदायबिच झडप भएपछि मलंगवामा अनिश्चितकालीन कर्फ्यु

सर्लाही,४असाेज: सर्लाहीकाे सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ ।

भगवान गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई फरक समुदायबीच झडप भएपछि स्थिति नियन्त्रण बाहिर गएको भन्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेका हुन् ।

‘आज मिति २०८०।०६।०४ गते बिहीबार राति १०:०० बजेदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको छ,’ प्रजिअ यादवले जारी गरेको आदेशमा उल्लेख छ ।

बिहीबार साँझ भएको झडपमा आधा दर्जन घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

कर्फ्यू अवधिमा पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल पम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवम् अरु कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न पाइने छैन ।

कर्फ्यु आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गरिने आदेशमा लेखिएको छ ।

डेढ साताअघि पनि दुई समुदायबीच झडपले उग्ररुप लिएपछि मलंगवामा कर्फ्यु लगाइएको थियो ।साभार:ईकान्तिपुरबाट

Related posts

मधेस सरकारमा कांग्रेसका मन्त्रीहरुले आज शपथ लिदैं ,पर्साका क्षेत्रीले पाए कृषि मन्त्री

MadhesKhabar

आजदेखि सुरु भयो तिहार, धनतेरस पनि आजै

MadhesKhabar

विश्व कल्यण हेतु वीरगन्जमा श्री विष्णु महायज्ञ सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment