Madhes Khabar
मधेस प्रदेश

धनुषा र सिरहामा कर्फु लगाइयो

जनकपुरधाम,१४ साउनः जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका ३ वटा पालिकामा कफ्र्यु आदेश जारी गरेको छ ।

जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकामा कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नहुन्जेलसम्मको लागि कफ्र्यु आदेश जारी गरिएको छ ।

सुनसरी घटनालाई लिएर जनकपुर र आसपासको क्षेत्रमा बिहीबार बिहानैदेखि प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले कफ्र्यु आदेश जारी गरेको हो ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाले पनि कफ्र्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार दिउँसो २ बजेदेखि अर्को आदेश नहुन्जेलसम्का लागि कफ्र्यु आदेश जारी गरिएको हो।

प्रशासनले पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका वडा नम्बर ३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाकोे चोहर्वा चोक, उत्तरतर्फको गोलबजार वडा नम्बर–६ को सैनिक चोकदेखि दक्षिणतर्फ, गोलबजार वडा नम्बर ४ को रा.प्र. रा. प्र. बहुमुखि क्याम्पस वरिपरिको क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी पौडेलले कफ्र्यू आदेशको पालना गरी जिल्लाको समग्र शान्ति सुव्यवस्थालाई सामान्यीकरण गर्न अपील गरेका छन्।

Related posts

बाराको महागढीमाइमा काँग्रेसको बिरासत जोगियो , मेयर र उपमेयरमा काँग्रेस विजयी

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

सर्लाहीकाे बरहथवामा प्रहरी चलाएकाे गाेली लागेर एक प्रदर्शनकारीकाे मृत्यु

MadhesKhabar

Leave a Comment