Madhes Khabar
मधेस प्रदेश

बाराको महागढीमाइमा काँग्रेसको बिरासत जोगियो , मेयर र उपमेयरमा काँग्रेस विजयी

माधुरी महत्तो
वीरगन्ज,०८ जेठ
: बाराको महागढीमाइ नगरपालिकामा नेपाली काँग्रेसले आफनो विरासत कायम राखेको छ ।
शनिबार मध्यरातमा सम्पन्न मतगणना अनुसार , मेयर र उपमेयर दुवै पदमा पुन काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा निवर्तमान मेयर एंव काँग्रेस उम्मेदवार उपेन्द्र यादव र उपमेयरमा निवर्तमान उपमेयर एंव काँग्रेसकी उम्मेदवार तारा देवी कानु निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार रामबाबु यादवलाइ १ हजार २ सय ९४ मत अन्तरले पराजित गर्दै उपेन्द्र मेयरमा पुन दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उपेन्द्रले ८ हजार ६ सय ७० मत पाउदा जसपाका रामबाबुले भने ७ हजार ३ सय ७६ मत पाएका छन् ।
उपमेयरमा पनि काँग्रेसकै तारादेवी कानु ७ हजार ९ सय ९७ मत मतका साथ पुन दोश्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । उनले निकटतम प्रतिद्धन्द्धी एमालेकी पुष्पान्जली देवीलाइ ९ सय ८७ मतले पराजित गरेकी हुन् । एमालेकी पुष्पान्जली देवीले ७ हजार १० मत पाएकी हुन् ।

Related posts

बन्द गराउँदै हिँड्ने आजपाका २३ नेता-कार्यकर्ता पक्राउ

MadhesKhabar

पर्सामा प्रदेश सरकारको ७७ करोड रुपैया फ्रिज

MadhesKhabar

मधेसका मुख्यमन्त्रीले ११ औं पटक गरे मन्त्रीपरिषद विस्तार, ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

MadhesKhabar

Leave a Comment