Madhes Khabar
मधेस प्रदेश

पर्सामा हावाहुरीबाट पिडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति वितरण गर्न प्रदेश सांसद पटेलको माग

वीरगन्ज,२७जेष्ठः पर्साका प्रदेशसभा सदस्य श्याम पटेलले केहिदिन पहिले मधेसमा आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएका परिवारलाई राहतको व्यवस्था गर्न मधेस प्रदेश सरकारसंग माग गरेका छन् । आइतबार मधेस प्रदेश सभाको बैठकमा बोल्दै पटेलले हावाहुरीबाट पर्सा जिल्लामापनि व्यापक क्षति पुगेको बताए ।

उनले विनाशकारी हावाहुरीले पर्साको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका र पर्सागढी नगरपालिकाकाका केहि वडाका साथै जिल्लाका अन्य पालिकाहरुमा पनि व्यापक क्षती भएको बताए। पिडित परिवारहरुलाई प्रदेश सरकारका तर्फबाट आवश्यक राहत तथा क्षतीपूर्तीको व्यवस्था गर्नुपर्ने पटेलले माग गरे ।

उनले भने, ‘विद्युतको पोल सडकमै ढलेर भयानक अवस्था छ, अझ कति गाउँमा गाडी समेत जाने अवस्था छैन । मैले मोटरसाइकलमा र हिँडेर अनुगमन गर्दा चिन्ताजनक अवस्था पाएको छु । यसतर्फ प्रदेश सरकारको छिट्टै ध्याान जाओस् ।’

Related posts

सर्लाहीको बरहथवामा कर्फ्यु लगाइयाे

MadhesKhabar

राैतहट : सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

MadhesKhabar

मधेस प्रदेश सभा : ८ महिनाको काम बजेट पासमात्रै, सांसदको तलब भत्तामा ८ करोड खर्च

MadhesKhabar

Leave a Comment