Madhes Khabar
मधेस प्रदेश

पर्सामा हावाहुरीबाट पिडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति वितरण गर्न प्रदेश सांसद पटेलको माग

वीरगन्ज,२७जेष्ठः पर्साका प्रदेशसभा सदस्य श्याम पटेलले केहिदिन पहिले मधेसमा आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएका परिवारलाई राहतको व्यवस्था गर्न मधेस प्रदेश सरकारसंग माग गरेका छन् । आइतबार मधेस प्रदेश सभाको बैठकमा बोल्दै पटेलले हावाहुरीबाट पर्सा जिल्लामापनि व्यापक क्षति पुगेको बताए ।

उनले विनाशकारी हावाहुरीले पर्साको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका र पर्सागढी नगरपालिकाकाका केहि वडाका साथै जिल्लाका अन्य पालिकाहरुमा पनि व्यापक क्षती भएको बताए। पिडित परिवारहरुलाई प्रदेश सरकारका तर्फबाट आवश्यक राहत तथा क्षतीपूर्तीको व्यवस्था गर्नुपर्ने पटेलले माग गरे ।

उनले भने, ‘विद्युतको पोल सडकमै ढलेर भयानक अवस्था छ, अझ कति गाउँमा गाडी समेत जाने अवस्था छैन । मैले मोटरसाइकलमा र हिँडेर अनुगमन गर्दा चिन्ताजनक अवस्था पाएको छु । यसतर्फ प्रदेश सरकारको छिट्टै ध्याान जाओस् ।’

Related posts

सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

MadhesKhabar

राैतहटमा नेपाली १ हजार दरका नक्कली नोटसहित ३ जना पक्राउ

MadhesKhabar

मधेस : श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

MadhesKhabar

Leave a Comment