Madhes Khabar
मधेस प्रदेश

राैतहट : सेफ्टी ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

रौतहट,११असार: सेफ्टी ट्यांकीमा खसेर रौतहटमा दुई बालबालिकाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर १० निबुवा टोलका गरिमा साहका छोरा १ वर्षीय रञ्जे साह र जगदीश साहकी १ वर्षीया छोरी खुश्बु साहको सेफ्टी ट्यांकीमा खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

ती दुबै बालबालिका खेल्ने क्रममा मंगलबार बेलुकी पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेको प्रहरीले जनाएको छ ।

 

उनीहरुलाई त्यहाँबाट निकालेर उपचारका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएकोमा डाक्टरहरुले बेलुकी ८:१५ बजे मृत घोषणा गरेको राईले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको राईले बताए ।साभार:अन्नपूर्णपाेष्ट

Related posts

मधेसको समृद्धि र विकासका लागि तीनै तहको सरकार बिच सहकार्य हुनुपर्छ – मुख्यमन्त्री राउत

MadhesKhabar

मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सत्तारुढ दलहरुबिच सहमति

MadhesKhabar

सिरहा जिल्ला अदालत अगाडि पडकियो बम

MadhesKhabar

Leave a Comment