सिरहा,२७फागुनः सिरहा जिल्लाको सिरहा नगरपालिकाको सिरहा बजारमा रहेकाो सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसन कार्यलयमा दिउँसै बम विस्फोट भएको छ ।बिस्फोटबाट कार्यलयको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।
सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार सुतली बम विस्फोट भएको खबर प्राप्त भएको छ । आफू घटनास्थल पुगिसकेको जानकारी गराउँदै उनले घटनाबारे थप अनुसन्धान भईरहेको बताए ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।शम्भु यादव/अन्नपूर्णपोष्ट

