Madhes Khabar
मधेस प्रदेश

सर्लाही : पोखरीमा कार खस्दा डुबेर पत्रकार महतोसहित दुई जनाको मृत्यु

महोत्तरी,२०कार्तिकः सर्लाहीको ईश्वरपुर नगरपालिका २ भक्तिपुरको मियाँखोरमा रहेको पोखरीमा मंगलबार बिहान कार खसेर डुब्दा दुई जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परि महोत्तरीको रेडियो गौशालाका संचालक ३७ वर्षीय सुरेशकुमार महतो र सोनमा गाउँपालिका–८ महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुरको मृत्यु भएको हो । त्यस्तै त्यही कारमा सवार अर्का गौशाला नगरपालिका–२ का ३१ वर्षीय जनक यादव भने सकुशल रहेका छन् ।

काम विशेषले सर्लाहीबाट घरतर्फ फर्किने क्रममा पत्रकार महतो आफैंले चलाइरहेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भएको थियो । कारसहित पोखरीमा डुबेर दुईजना बेपत्ता भएका थिए। हाल कार र शवलाई पोखरीबाट निकालिएको छ ।शवको पोस्टमर्टमका लागि प्रक्रिया शुरु भएको प्रहरीले जनाएको छ।

पोखरीबाट बाहिर निस्कन सफल कारमा सवार जनक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।साभारः अन्नपूर्णापोष्ट

 

Related posts

सर्लाहीमा गाेली हानेर श्रीमतीको हत्या

MadhesKhabar

प्रदर्शन चर्किएपछि सर्लाहीको बरहथवामा फेरि लगाइयाे कर्फ्यु

MadhesKhabar

रिटर्नी फेडेरेशन नेपालको रौतहट अध्यक्षमा चौधरी

MadhesKhabar

Leave a Comment