Madhes Khabar
मधेस प्रदेश

मधेसको समृद्धि र विकासका लागि तीनै तहको सरकार बिच सहकार्य हुनुपर्छ – मुख्यमन्त्री राउत

मधेसखबर
वीरगन्ज,२७जेठ :मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस प्रदेशको समृद्धि र विकासको लागी तीनै तहका सरकार बीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।
मधेस प्रदेशका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुको लागी प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मधेश प्रदेशले महोत्तरीको बर्दिवासमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले विकास गर्ने थलो स्थानीय तह नै रहेको हुनाले तीनै तहका सरकार बिच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
राउतले भने ,‘ मधेशलाई समृद्ध बनाउन गरिने विकास निर्माणका काम स्थानीय सरकार मातहत नै गर्नु पर्छ, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले गर्ने विकास निर्माण त्यही ठाँउमा गर्नु पर्ने हुन्छ , त्यसैले तीनै तहको समन्वय र सहकार्य बिना समृद्धि र विकास सम्भव छैन ।

मुख्यमन्त्री राउतले स्थानीय सरकारले ल्याउने विकास निर्माणको योजनाहरुमा काँधमा काँध मिलाएर अघि बढन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख समेत गरे ।
उनले स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुलाई कानून प्रक्रियाहरु बारे अवगत हुन आग्रह समेत गरे ।विगतमा संघीय सरकारले कर्मचारी समायोजन तथा वितिय बाँडफाँडमा गरेको विभेदका कारण स्थानीय तहलाई विभिन्न समस्या झेल्नु परेको भन्दै राउतले अबको दिनमा भने त्यसलाइ सुधार गर्न संघीय सरकारसंग आग्रह पनि गरे ।
मधेश सरकारका प्रमुख सचिव कृष्ण बहादुर राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघीय मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा धनुषा र पर्सा बाहेक ६ जिल्ला स्थित स्थानीय तहका प्रमुख , उपप्रमुख , अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको छ । शुक्रबार देखि शुरु प्रशिक्षण तीन दिन सम्म चल्ने छ ।

Related posts

लौरो अभियानकाे मधेस प्रदेश कमिटी गठन, सह संयाेजकमा गुड्डी जाेशी

MadhesKhabar

धनुषामा भारतीय ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा दुई युवकको मृत्यु

MadhesKhabar

बारा ४ (ख) को प्रदेशसभा सदस्यमा सोनल पुन निर्वाचित

MadhesKhabar

Leave a Comment