Madhes Khabar
मधेस प्रदेश

सर्लाहीमा ट्याक्टर दुर्घटना हुदाँ २ जनाकाे मृत्यु

सर्लाही,९फाल्गुन:सर्लाहीमा ट्याक्टर पल्टिएर दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु भएकाे छ।रौतहटको गढिमाई नगरपालिकाकाे मलाही टोलबाट आलु खन्न खेतालाहरु लिएर सर्लाहीको हजरिया जाँदै गरेको नम्बर प्लेट नखुलेकाे ट्रयाक्टर पल्टिएर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हाे।

दुर्घटनामा ट्याक्टरका चालक रौतहटकाे गढिमाई नगरपालिका ९ का ५५ बर्षिय जयलाल सहनी र ५० बर्षिय रामनाथ सहनीकाे मृत्यु भएको हाे।दुवै जनाकाे गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए।

खनालका अनुसार बुधबार बिहान ११ बजेको समयमा सर्लाहीको बरहथवा नगरपालिका १५ स्थित नहरकाे सडकमा उक्त ट्याक्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाईते १७ बर्षिय आकाश सहनी र ७ बर्षिय किसन सहनीलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि विरगन्ज पठाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

उक्त ट्याक्टरमा १७ जना सवार रहेकाेमा दुई जनाको मृत्यु भएको तथा सात जना घाईते भएकाेमाती मध्ये एक जना उपचार पश्चात डिस्चार्ज भई घर गएको र ६ जनाको उपचार भई रहेको प्रहरीले जनाएको छ ।

Related posts

‘एक निर्वाचन क्षेत्र, एक सडक’ बनाउँदै मधेस सरकार

MadhesKhabar

मधेस सरकारले आज `स्वाभिमान दिवस´ मनाउँदै

MadhesKhabar

महोत्तरीको सम्सीमा लुटेरा समूहबाट बालिका बलात्कृत

MadhesKhabar

Leave a Comment