Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशमा शान्ति-सुरक्षा कायम गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

जनकपुरधाम,२५माघ:उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको सुरक्षाका लागि समन्वय गरेर काम गर्न प्रशासनिक तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

महोत्तरीको बर्दिबासमा आयोजित सुरक्षा समीक्षा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सुरक्षा अवस्थाबारे जानकारी लिंदै धार्मिक विषयमा सहिष्णु हुन तर सद्भाव भड्किन र साम्प्रादायिक गतिविधि प्रशासनिक विधिबाट नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा महोत्तरी तथा धनुषाका सीडीओ, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राष्ट्रिय अनुसन्धान विभागका मधेस प्रदेश प्रमुखहरू र जिल्लाका सुरक्षा प्रमुखहरूले प्रदेशको समग्र सुरक्षा अवस्थाबारे गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरेका थिए ।

रिपोर्टिङ सुनिसकेपछि गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रण र कारोबारीलाई कारबाही गर्न, त्यसविरुद्ध युवाहरूबीच सचेतना कार्यक्रम गर्न, सुधार केन्द्रहरू बनाउन र यी सबै योजनामा प्रदेश र पालिका सरकारसँग समन्वय गरेर काम गर्न निर्देशन दिए ।

सिमानामा राजस्व चुहावट नियन्त्रण गर्न, राजस्व बढाउन, अबैध कारोबार नियन्त्रण गर्न र क्रस बोर्डर क्राइम रोक्न बोर्डर पोस्ट थप्ने गृहकार्यमा सरकार रहेको पनि उनले बताए ।साभार:अनलाइनखबरबाट

Related posts

मधेसी सहिद पत्नि विनिताकाे पिडा : हाेटलमा जुठाे भाँडा माझेर बच्चाहरुलाई पालिरहेकाे छु

MadhesKhabar

सर्लाही–४ बलरामा कांग्रेस नेता सिन्हामाथि आक्रमण

MadhesKhabar

झलनाथ खनालको सर्प पाल्ने प्रतिष्ठानमा भ्रष्टाचार, मधेसका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

MadhesKhabar

Leave a Comment