Madhes Khabar
कृषि मधेस प्रदेश हेडलाइन

मधेसमा खेती गर्ने जग्गा ११ प्रतिशतले घट्यो

फाइल फोटो

काठमाडौं,२१भदौं : राष्ट्रिय कृषि गणना २०७८ का अनुसार नेपालमा अहिले २२ लाख हेक्टर जग्गामा मात्रै कृषि कार्य भइरहेको छ । बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांकले विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको देखाएको हो ।

राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । कृषिगणना अनुसार कृषक परिवारको संख्या बढे पनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ ।

हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराई–मधेसमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ ।

अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषिगणनाले देखाएको छ । कृषि गणना २०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ ।साभार : ईकान्तिपुरबाट

Related posts

वीरगन्ज नर्सिङ क्याम्पसमा क्याम्पस प्रमुखको दादागिरी : नेविसंघका छात्राहरुलाई गालीगलौज र हातपात

MadhesKhabar

पशुपतिनाथ क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जना प्रहरीको नियन्त्रणमा

MadhesKhabar

पकहामैनपुर गाँउपालिकाले ल्यायो ३९ करोडको बजेट

MadhesKhabar

Leave a Comment