Madhes Khabar
मधेस प्रदेश

राैतहटका दुई नगरपालिकामा उपमेयरले नै लगाए ताल्चा

राैतहट,२४पुष:रौतहटका दुई वटा नगरपालिकामा मेयर र उपमेयरबिच नै द्वन्द्व चर्किएको छ। द्वन्द्व बढेपछि उपमेयरहरूले नै नगरपालिकामा ताल्चा लगाइदिएका छन्।

कटहरिया नगरपालिका र गरुडा नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै उपमेयर कै अगुवाइमा तालाबन्दी गरिएको हो।

गत शुक्रबारदेखि गरुडा नगरपालिकामा र सोमबारदेखि कटहरिया नगरपालिकामा उपमेयर कै नेतृत्वमा जनप्रतिनिधिहरूले ताला लगाएका हुन्।

गरुडा नगरपालिकाका उपमेयर पुनम चौधरी र कटहरिया नगरपालिकामा उपमेयर रितादेवि यादवको अगुवाइमा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले नगरपालिकाको मूल ढोकामै तालाबन्दी गर्दै नगरपालिकाको सम्पूर्ण कामकाज प्रभावित पारेका हुन्।

आफ्नो हक अधिकारको माग गर्दै गरुडा नगरपालिकामा उपमेयर पुनम चौधरी र वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूले तालाबन्दी गरेका छन्। नगर सभाको निर्णय सार्वजनिक गर्नुपर्ने, आर्थिक २०७९/८० को खर्च विवरण कार्यपालिका बैठकमा पेस गर्नुपर्ने, करारका कर्मचारी खारेज गर्नुपर्ने, उपमेयर र वडा अध्यक्षहरूको हक अधिकार दिनुपर्ने लगायतका माग गर्दै ताला लगाएका हुन्।

यता कटहरिया नगरपालिकाकी उपमेयर रितादेवि यादवले नगरपालिकाका मेयर अजय प्रकाश जयसवालको हैकमवाद प्रवृत्तिले नगरपालिकामा भ्रष्टाचार मौलाएको भन्दै ८ बुँदे सर्त राखेर नपामा तालाबन्दी गरेको उपमेयर रितादेवीले बताइन्।साभार:नागरिकबाट

Related posts

मधेसमा अचम्मको गाँउ : छोराछोरी नागरिक , आमाहरु अनागरिक

MadhesKhabar

मुख्यमन्त्री माग्ने हैसियत जनमत पार्टीसंग छैन : काँग्रेस सांसद रिजाल

MadhesKhabar

मुस्लिम र थारुलाई मधेसीमा सिफारिस गरेपछि चर्को विरोध

MadhesKhabar

Leave a Comment