Madhes Khabar
मधेस प्रदेश

सर्लाही: नापी कार्यालयकाे गाडी दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु

सर्लाही,२३माघ : सर्लाहीको मलङ्गवा नगरपालिका वडा न ११ गम्हरिया स्थित मलङ्गवा नवलपुर सडक खण्डमा सोमबार राती सवारी दुर्घटनामा परी घाइते भएका ११ जनामध्ये एकजनाको मृत्यु भएको छ । अन्य ३ जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा नापी कार्यालयका कार्यालय सहयोगी बिनोद घिमिरे रहेकाे प्रहरी नायब उपरीक्षक दिपेन्द्र पन्जियारले जानकारी दिए। मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको उखु बोकेका ज.२ त १०६७ नम्बरको ट्याक्टरमा सोही दिशाबाट जाँदै गरेको बी आर ०६ पी डी ९६४८ नम्बरको सफारीले ठक्कर दिंदा दुर्घटना भएको हो । घाइते सबैजना सफारीमा सवार थिए ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा नापी कार्यालय प्रमुख ४५ वर्षीय संजय मानन्धर, ३० वर्षीय बैजु यादव र ३५ वर्षीय रामलाल साह रहेका छन्। अन्य घाइतेहरुमा २४ वर्षीय संजित यादव, ३० वर्षीय रिटेन यादव, ५० वर्षीय बैधनाथ पटेल, ३४ वर्षीय रामबाबु यादव, २९ वर्षीय दिपेन्द्र यादव, २४ वर्षीय सहिद अनवर र २५ वर्षीय अजय यादव रहेका छन्।

 

रिटेन यादवबाहेक सबै घाइतेहरुलाई प्रदेशिक अस्पताल मलङ्गवामा समान्य उपचार पश्चात् थप उपचारका लागि वीरगन्जतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।ठक्कर दिने ट्याक्टरका चालक फरार रहेका छ्न्।

Related posts

रौतहटमा बाढीले १ हजार २ सय ४५ घर डुबानमा, तीन जनाको मृत्यु

MadhesKhabar

मधेसका बेराेजगार युवालाई मासिक २ हजार भत्ता दिने मुख्यमन्त्री यादवको घाेषणा

MadhesKhabar

जनकपुरमा दुर्गा पूजाकाे मुर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप,कर्फ्यू आदेश जारी

MadhesKhabar

Leave a Comment