Madhes Khabar
मधेस प्रदेश

रौतहटमा बाढीले १ हजार २ सय ४५ घर डुबानमा, तीन जनाको मृत्यु

तस्बिर : अभिमन्यु पटेल

रौतहट,१३असोजः अविरल वर्षासँगै नदी र खोलाहरुमा आएको बाढीबाट रौतहटमा १ हजाार २ सय ४५ वटा घर डुबानमा परेको छ ।यस्तै तीन जनाको मृत्यु भएको छ ।दुर्गा भगवती गाउँपालिका ४ पचरुखिका ३५ बर्षीय राजकुमार मुखियाको माछा मार्नेक्रममा डुबेर मृत्यु भएको हो भने परोहा नगरपालिका ७ नरकटीयाकी १४ बर्षिया आशा कुमारी साहको भने घाँस काट्न जाँदा जमेको पानीमा डुबेर मृत्यु भएको हो । यस्तै बौधिमाई नगरपालिका २ ईनरवाका १४ बर्षीय अनिल महतोको भने आफ्नै ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीबाट ६ जना सामान्य घाइते भएका छन् भने १ हजार ८ सय ५ परिवार विस्थापित भएका छन् । यस्तै १ सय २३ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षासँगै बागमती ,लालबकैया लगायत विभिन्न नदी र खोलामा आएको बाढीले रौतहट जिल्लाको १८ पालिकामध्ये १३ वटा पालिका प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

वर्षा र बाढीबाट वृन्दावन, गढीमाई,माधव नारायण, गौर, राजदेवी, ईशनाथ, परोहा, बौधिमाई, मौलापुर, देवाही गोनाही , कटहरिया नगरपालिका,दुर्गा भगवती, र यमुनामाई गाउँपालिका बढी प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

 

Related posts

राैतहटकाे दलित बस्तीमा विद्युत सर्ट भएर आगलागी हुदाँ २५ घर जलेर नष्ट

MadhesKhabar

मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सत्तारुढ दलहरुबिच सहमति

MadhesKhabar

मुख्यमन्त्री राउत सहित मधेस सरकारका मन्त्रीहरुको युरोप भ्रमण रद्द

MadhesKhabar

Leave a Comment