Madhes Khabar
मधेस प्रदेश

राैतहटकाे दलित बस्तीमा विद्युत सर्ट भएर आगलागी हुदाँ २५ घर जलेर नष्ट

फाइल तस्बिर ।

रौतहट,१५पुस : राैतहटको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ वटा फुसका घर जलेर नष्ट भएका छन्। आइतबार मध्यराति आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको हो।

पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् सर्ट भएर आगो सल्किँदा दीपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरा सहितका घर जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।

आगलागीको खबर प्राप्त भएपछि प्रहरी चौकी ब्रह्मपुरी, सशस्त्र प्रहरीको बीओपी बेलविछवा र गौर नगरपालिकाको वारुणयन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिइएको थियो।

Related posts

झलनाथ खनालको सर्प पाल्ने प्रतिष्ठानमा भ्रष्टाचार, मधेसका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

MadhesKhabar

सर्लाहीमा जलाउन लागेको युवतीको शव प्रहरी नियन्त्रणमा, पतिसहित तीन जना पक्राउ

MadhesKhabar

काठमाण्डौमा मधेसीलाई धोती भनेर अपमानित गर्नेहरुलाइ कारबाही गर्न मधेसी आयोगको माग

MadhesKhabar

Leave a Comment