Madhes Khabar
मधेस प्रदेश

झलनाथ खनालको सर्प पाल्ने प्रतिष्ठानमा भ्रष्टाचार, मधेसका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं,२१असोज : झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वअर्थमन्त्री र सचिवसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

झन्डै १८ करोड रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानी÷नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियरले मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार यादव , तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ र सर्लाहीको लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्कासमेत सात जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै प्रतिष्ठानका पदाधिकारीहरू अध्यक्ष रेवतीप्रसाद पन्तसहित महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भन्डारी र सदस्य देवेन्द्र रायलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरूविरुद्ध १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए । नेपाल सरकारबाट जुन प्रयोजनका लागि लिएको रकम त्यसमा काम नगरि अन्यत्रै लगानी गरेर हिनामिना गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

Related posts

संघ सरकारसंग मुख्यमन्त्री यादवको आग्रह : मधेसमा फेरि चापाकल सुक्न थाले, सहयोग गर्नुस्

MadhesKhabar

सर्लाही २ : राजेन्द्र महत्ताेलाई हराउदै महिन्द्र राय यादव विजयी

MadhesKhabar

सर्लाहीमा तस्करीको मल नियन्त्रणमा लिन गएकाे प्रहरी र स्थानीय बिच झडप

MadhesKhabar

Leave a Comment