Madhes Khabar
मधेस प्रदेश हेडलाइन

सर्लाहीमा जलाउन लागेको युवतीको शव प्रहरी नियन्त्रणमा, पतिसहित तीन जना पक्राउ

सांकेतिक फोटो

सर्लाही,११ असोज : सर्लाहीमा जलाउन लागिएको एक विवाहिता युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीले अनुसन्धानका लागि मृतक युवततीका पति, ससुरा र देवरलाई पनि नियन्त्रणमा लिएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने सुनिल साहकी श्रीमती वर्षिया मनिषा साहको शव जलाउन लागेको अवस्थामा शंका लागेर चिताबाटै नियन्त्रणमा लिएको हो । ती युवतीको शंकास्पद मृत्युको सूचना पाए लगतै नजिकको मनुष्मारा खोलामा बुधबार दिउँसो जलाउन ठिक्क परेको अवस्थामा शव नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतक युवतीको घाँटीमा निलडाम देखिएको छ ।

मृतकका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको सुबेदीले बताए ।

परिवारका सदस्यले भने छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । तर प्रहरीले भने पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको भएपनि संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।थप कुरा पोस्टमार्टमपश्चात खुल्ने पप्रहरीको भनाई छ ।

सर्लाहीकै कविलासी गाउँपालिका–३ घर माइत भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो ।माइती पक्षले भने पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आरोप लगाएका छन् ।

 

Related posts

स्थगित स्ववियु निर्वाचनको माग गर्दै विधार्थी संगठनहरुले ठाकुरराम क्याम्पसमा फेरि गरे तालाबन्दी

MadhesKhabar

एमआरआइ मेसिन खरिद प्रकरणमा नारायणी अस्पताल भन्छ : मेसिन खरिदको सबै काम मन्त्रालयबाट भएको हो

MadhesKhabar

चाडपर्बलाई लक्षित गरी वीरगन्जमा बजार अनुगमन तिब्र बनाउने निर्णय

MadhesKhabar

Leave a Comment