Madhes Khabar
मधेस प्रदेश हेडलाइन

सर्लाहीमा जलाउन लागेको युवतीको शव प्रहरी नियन्त्रणमा, पतिसहित तीन जना पक्राउ

सांकेतिक फोटो

सर्लाही,११ असोज : सर्लाहीमा जलाउन लागिएको एक विवाहिता युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ ।
प्रहरीले अनुसन्धानका लागि मृतक युवततीका पति, ससुरा र देवरलाई पनि नियन्त्रणमा लिएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने सुनिल साहकी श्रीमती वर्षिया मनिषा साहको शव जलाउन लागेको अवस्थामा शंका लागेर चिताबाटै नियन्त्रणमा लिएको हो । ती युवतीको शंकास्पद मृत्युको सूचना पाए लगतै नजिकको मनुष्मारा खोलामा बुधबार दिउँसो जलाउन ठिक्क परेको अवस्थामा शव नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतक युवतीको घाँटीमा निलडाम देखिएको छ ।

मृतकका पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको सुबेदीले बताए ।

परिवारका सदस्यले भने छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । तर प्रहरीले भने पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको भएपनि संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।थप कुरा पोस्टमार्टमपश्चात खुल्ने पप्रहरीको भनाई छ ।

सर्लाहीकै कविलासी गाउँपालिका–३ घर माइत भएकी मनिषाको केही वर्ष पहिले विवाह भएको थियो ।माइती पक्षले भने पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेको आरोप लगाएका छन् ।

 

Related posts

जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा काठमाडौंमा २ जना पक्राउ

MadhesKhabar

देशभरका महानगर र उपमहानगरका मेयर,उपमेयरको सहभागितामा सीएनएनसीको बैठक वीरगन्जमा सम्पन्न

MadhesKhabar

विमान दुर्घटना अपडेट : ६५ जनाको शव भेटियो , ७ को अवस्था अझै अज्ञात

MadhesKhabar

Leave a Comment