Madhes Khabar
मधेस प्रदेश

रौतहटमा गोली चल्यो , एक जनाको मृत्यु , तीन घाइते

सांकेतिक तस्वीर

रौतहट,२बैशाख : रौतहटको गढीमाई नगरपालिकामा शनिबार गोली लागेर एक जनाको मृत्यु भएको छ ।गोली लागेर अन्य तीन जना घाइते पनि भएका छन् ।

गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको र गोली लागेर एक जनाको मृत्यु भएको र अरु तीन जना घाइते भएको रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

गोली लागेर धोबिनियाकै ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको हो । विवादका क्रममा चलेको गोली लागेका यादवलाई उपचारका लागि वीरगन्ज पठाइएकामा बाटोमा नै उनको मृत्यु भएको प्रहरी उपरिक्षक बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन ।
गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बुढामगरले बताए । घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

 

Related posts

धनुषामा पनि अज्ञात समूहको गोली प्रहारबाट एक जनाकाे मृत्युु

MadhesKhabar

भारतबाट मल लिएर आउँदा बोर्डरमा एसएसबीले गोली चलायो, एक जना घाइते

MadhesKhabar

राैतहटमा बसकाे ठक्करबाट पति-पत्निकाे मृत्युु

MadhesKhabar

Leave a Comment