Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जका बरिष्ठ पत्रकार पाण्डेको निधन

वीरगन्ज,२७ भदौं :वीरगन्जका बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको निधन भएको छ । धादिङ जिल्ला मूल घर भई लामो समयदेखि वीरगन्जमा रहेर पत्रकारीता गर्दै आएका ६६ वर्षिय पाण्डेको काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो साढे ३ बजेतिर निधन भएको नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जाराले जानकारी दिए ।

उक्त रक्तचापका बिरामीसमेत रहेका पाण्डेलाई मष्तिस्कघात भएपछि भदौं १२ गते वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।स्वास्थ्यमा सुधार नभएपछि त्यसको दुई दिनपछि उनलाई काठमाडौको त्रिवि शिक्षण अस्पतालमा लगेर भर्ना गरिएकोमा त्यहि उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको महासचिव बन्जाराले जानकारी दिए ।

 

Related posts

पराल बिक्री गर्न पाउँदा पर्साका किसानहरु खुशी

MadhesKhabar

पर्साको पदमौल गम्हरियामा प्रहरीको छापा :१५ केजी गाँजासहित रफिक पक्राउ

MadhesKhabar

मधेस सरकारको जनता आवास कार्यक्रम : पर्साका गरिब दलितलाइ राहतको सट्टा आहत

MadhesKhabar

Leave a Comment