Madhes Khabar
समाचार

बारामा ४८ लाख बढी मूल्यको सामानसहितको ट्रक प्रहरी नियन्त्रणमा

बारा,२३बैशाखःबाराको पथलैयाबाट प्रहरीले राजश्व छली (तस्करी) को आशंकामा ४८ लाख भन्दा बढी मूल्यको मालसामान लोड रहेको एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ६ ख ८०३२ नम्बरको ट्रक शनिबार पथलैयामा रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकबाट बिल भरपाई भन्दा बढी मुल्यको हार्डवेयर पार्टस् र अन्य खुद्रा सामान गरी ४८ लाख ४९ हजार २१६ रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सामानसहितको नियन्त्रणमा लिइएको ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको बाराका प्रहरी नायब उपरक्षिक दधिराम न्यौपानेले जानकारी दिए ।

Related posts

पर्साबाट आँफै सरुवा मागेर गृह मन्त्रालयमा गएका अर्याल बने चितवनकाे सीडीओ

MadhesKhabar

कलैयाको यातायात कार्यालयले ४ महिना मै उठायो २ करोड २० लाख राजश्व

MadhesKhabar

पर्सा १ मा नगद १ लाख सहित स्वतन्त्र उम्मेदवार पक्राउ

MadhesKhabar

Leave a Comment