Madhes Khabar
समाचार

वीरगन्जमा मनि ट्रान्सफरका सञ्चालकसहित दुई जना २२ लाख नगदसहित पक्राउ

वीरगन्ज,९ बैशाखःवीरगन्जबाट प्रहरीले हुण्डीको २२लाख भन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज १० आदर्शनगरस्थित माँ जगदम्बा मनि ट्रान्सफरका सञ्चालक पर्साकाे विन्दवासिनी गाँउपालिका-३ का ४३ बर्षिय अजय साह र बाराकाे कलैया उपमहानगरपालिका-२३ का ३८ बर्षिय अर्जुन राउत कुर्मी रहेका छन्।

वीरगन्ज १० आदर्शनगरस्थित रुंगटा मलभित्र रहेकाे माँ जगदम्बा मनि ट्रान्सफरबाट गत शुक्रबार दिउँसो अढाइ बजेतिर वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले उनिहरुलाई पक्राउ गरेकाे हाे।उनिहरुकाे साथबाट श्रोत नखुलेको १ हजार दरकाे नोट १ हजार ९ सय ५५ थान,.५ सय दरकाे नोट ५ सय थान र एक सय दरका नोट ७ थान गरी २२ २ लाख ५ हजार ७ सय रुपैयाँ बरामद गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

दुवैजना विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

Related posts

काठमाडौंका सडकमा मध्यराति खानेपानीमन्त्री यादवको छड्के अनुगमन

MadhesKhabar

राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल चयन

MadhesKhabar

पक्राउ परेका केपी ओली शिक्षण अस्पतालमा भर्ना

MadhesKhabar

Leave a Comment