Madhes Khabar
मधेस प्रदेश

जनकपुरमा दुर्गा पूजाकाे मुर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप,कर्फ्यू आदेश जारी

जनकपुरधाम,१७असाेज: धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रूपैठामा दुई फरक समुदायबीच फेरि तनाब बढेको छ।

दशैं समापनपछि शुक्रबार दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो । त्यस क्रममा अर्काे समुदायले तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी गरेको छ ।

आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए ।

त्यस क्रममा प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन् ।

अवस्था बिग्रेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । साँझ६:३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी गरिएको छ।

गत भदौ दोस्रो साता मात्रै गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो । एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवादपछि दुवै समुदायको झन्डा हटाइएको थियो ।

भदौ १६ गते मात्र सर्वपक्षीय बैठक बसेर विभिन्न निर्णयसँग‌ै सद्भाव कायम गर्ने सहमति भएको थियो।साभार:अनलाइनखबर

Related posts

मधेसमा भ्रष्टाचार नियन्त्रण पहिलाे प्राथमिकता: मुख्यमन्त्री यादव

MadhesKhabar

प्रेस युनियन रौतहटको अध्यक्षमा शिवाकोटी सर्वसम्मत चयन

MadhesKhabar

मधेस:मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट गर्ने सांसद र नेतालाई कारबाही गर्न माग

MadhesKhabar

Leave a Comment