Madhes Khabar
मधेस प्रदेश

रौतहटमा बसले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको मृत्यु

मधेसखबर

वीरगन्ज,०२ भदौ : रौतहटको चन्द्रपुरमा बिहीबार बिहान बसले अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

 

चन्द्रपुर नगरपालिका २ स्थित पूर्वपश्चिम राजमार्गको लच्कामा काठमाडौंबाट सर्लाही जाँदै गरेको बागमती प्रदेश०३-००१ख२०१ नम्बरको बसले सर्लाहीबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०२-००१ह२१०९ नम्बरको अटो रिक्सालाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

अटोमा सवार रहेका चारमध्ये तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा सर्लाही-२ सोल्टीका प्रेम ठाडामगर, ढकबहादुर लुंगेली र अटो चालक रवि मगर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लुंगेलीकी श्रीमती सविना लुंगेली घाइते भएकी छिन् । उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगन्जमा मधेस विश्वविधालय स्थापना : वीरगन्जवासीको २५ वर्ष देखिको चाहना पुरा

MadhesKhabar

रौतहटमा गरिबहरुका लागि घर बनाइ दिने भन्दै रकम असुल्ने गिरोह पक्राउ

MadhesKhabar

फि तिर्न नसक्दा नेशनल मेडिकल कलेजबाट निकालिएका राम अन्तत डाक्टर बनेरै छाडे

MadhesKhabar

Leave a Comment