Madhes Khabar
मधेस प्रदेश

रौतहटमा गरिबहरुका लागि घर बनाइ दिने भन्दै रकम असुल्ने गिरोह पक्राउ

रौतहट,२१जेष्ठः रौतहटमा गरिब तथा विपन्नलाई घर बनाइदिने भनी रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, ३२ वर्षीय प्रकाश माझी, गरुडा नगरपालिका–६ पोठियाहीका ४० वर्षीय राकेश महरा, गरुडा नगरपालिका–९ गेडिगुठीका २५ वर्षीय सिकिन्द्र ठाकुर लोहार, गरुडा नगरपालिका–५ शिवनगरका ७१ वर्षीय मुगलाल महरा, गरुडा नगरपालिका–९ का ४५ वर्षीया रामकली देवी रहेका प्रहरीले जनाएको छ।

रौतहटको माधवनारायण–८ रजवडा टोलका विपन्नहरुलाई मधेस प्रदेशको शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न वर्गका परिवारलाई आवास बनाइदिने कार्यादेश प्राप्त भएको छ भनी विभिन्न लोभ देखाइ प्रति घर १० हजारदेखि ४० हजारसम्म खर्च लाग्छ भनी एक सयभन्दा बढी मानिसहरुबाट उनिहरुले रकम उठाएको प्रहरीले जनाएको छ ।

Related posts

प्राकृतिक विपदबाट जोगाउन प्रदेश सरकारको तैयारी सुरु

MadhesKhabar

मधेसमा देखिएको पानी संकटको समाधान डीप बोरिङ हाेइन : मन्त्री क्षेत्री

MadhesKhabar

प्रेस युनियन मधेस प्रदेशकाे अध्यक्षमा बाराका सत्यप्रकाश श्रेष्ठ निर्वाचित

MadhesKhabar

Leave a Comment