Madhes Khabar
मधेस प्रदेश

प्राकृतिक विपदबाट जोगाउन प्रदेश सरकारको तैयारी सुरु


मधेशखबर
९ असाढ ,२०७९

देशभरी नै मनसुन सुरु भईसक्दा तराई मधेशका जिल्लामा भने बाढि पहिरोको जोखीम बढेको छ । हरेक वर्ष झै यसवषर्् पनि बाढि पिडित हुने हो की भन्ने चिन्ताले कतिपय जिल्लाका बासिन्दाहरु त्रसित रहेका छन् ।
तर मनसुनमा बाढीपहिरो तथा डुबानबाट हुन सक्ने सम्भावित जनधन क्षतिको न्युनकरण गर्न मधेश प्रदेश सरकारले तयारी थालेको जनाएको छ ।

बिहीबार गृह तथा संचार मन्त्रालयले तीनै सुरक्षा निकाय, स्थानीय प्रशान, रेडक्रस लगायत सम्बन्धित निकायका प्रतिनिधिसंग पूर्व तयारीको विषयमा छलफल गरेको छ ।

बाढीको उच्च जोखिममा रहेका नदी किनारका वस्ती, चुरे क्षेत्रका वस्ती, सीमावर्ती क्षेत्रका वस्तीलाई लक्षित गरी विपद न्युनिकरण तथा उद्धारका लागि पूर्व तैयारी स्वरुप छलफल गरीएको मधेश प्रदेशका गृह तथा संचार मन्त्र भरतप्रसाद साहले जानकारी दिए ।

बैठकबाट मधेश प्रदेशमा कम्तिमा एउटा हेलिकप्टर २४ घण्टा स्टेण्डवाई राख्नको लागि नेपाली सेनालाई सिफारिस गर्ने, प्रत्येक पालिकामा कम्तिमा एउटा हेलिप्याड अनिवार्य बनाउने निर्णय भएको जनाईएको हो ।

छलफलमा मनसुनजन्य विपदबाट हुने सम्भावित जनधनको क्षति न्युनिकरणका लागि सुरक्षा निकायकाक हरेक युनिटलाई उद्धार सामग्री उपलब्ध गराउने, सुरक्षा निकायमा र्यापिड रिस्पोन्स टिम परिचालनका लागि मेडिकल सामग्री उपलब्ध गराउन सामाजिक मन्त्रालयसंग समन्वय गर्ने निर्णय पनि भएको जनाईएको छ ।

यसका साथै विपदबाट बच्ने उपाय सम्बन्धमा स्थानीय भाषामा अडियो तथा भिडियो सामग्री समेत प्रशारण गराउने निर्णय भएको बताईएको हो ।

Related posts

`माेहम्मद डे ´ मा भाेलि सार्वजनिक बिदा दिने मधेस सरकारकाे निर्णय

MadhesKhabar

सप्तरी २ : सिके राउतको फराकिलो जित ,उपेन्द्र यादवको लज्जास्पद हार

MadhesKhabar

मधेसका सबैतिर सिके राउतका उम्मेदवार

MadhesKhabar

Leave a Comment