Madhes Khabar
मधेस प्रदेश

गौरबाट २०४ किलो गाँजा बरामद

मधेसखबर
वीरगन्ज, १३ भदौं : रौतहटको गौरबाट प्रहरीले २ सय ४ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरीबल नेपाल वेस क्याम्प गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सोमबार बिहान १ बजेको समयमा गौर नगरपालिका वडा नम्बर २ बकैया नदीको किनारबाट गाँजा बरामद गरेको हो ।

तस्करहरुले भारततर्फ लैजादै गरेको १७ वटा पोकामा रहेको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीलाई देखेपछि तस्करहरु गाजा फालेर भागेकोले उनिहरुलाइ भने पक्राउ गर्न नसकिएको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुनिल मल्लले बताए ।तस्करहरुको खोजी भइरहेको र बरामद भएको गाँजाका बारेमा थप अनुसन्धान भइरहेको मल्लले बताए ।

Related posts

मधेस सरकारले माघ ३ गते `स्वाभिमान दिवस´ मनाउने

MadhesKhabar

देवतालमा स्थगीत मतदान सुचारु

MadhesKhabar

धनुषामा प्रहरी र बन्दुकधारी समुह बीच गोली हानाहान

MadhesKhabar

Leave a Comment