Madhes Khabar
मधेस प्रदेश

बारा ४ : किसान श्रेष्ठ १० हजार भन्दा बढि मतान्तरले विजयी

मधेसखबर
वीरगन्ज,०७ मंसिर : बाराको क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा नेकपा एकिकृत समाजवादीका कृष्णा कुमार श्रेष्ठ (किसान) निक्कै फराकिलो मतान्तरले विजयी भएका छन् ।नेकपा एमालेका उम्मेदवार एंव निवर्तमान प्रतिनिधिसभा सदस्य एकबाल मियाँलाइ १० हजार भन्दा बढि मत अन्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार समेत रहेका श्रेष्ठ २९ हजार ५ सय ५ मतका साथ निर्वाचित हुदा उनका निकटतम प्रतिस्पर्धी एमालेका मियाँले भने १९ हजार ४ सय ३९ मत मात्रै पाएका छन् । निर्वाचित श्रेष्ठ र मियाँ बिचको मत अन्तर १० हजार ६६ छ ।

२०७४ को निर्वाचनमा श्रेष्ठ तनहु १ मा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस बेला श्रेष्ठले ३४ हजार ४ सय ९२ मत पाएर विजयी हुदा पौडेलले भने २७ हजार ६ सय ९० मत पाएका थिए ।

 

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा रहेका मियाँ एकवाल टिकट नपाएपछि मनोनयन दर्ताकै दिन एमाले प्रवेश गरेका थिए । २०७४ को निर्वाचनमा उनि तत्कालीन राष्ट्रिय जनता पार्टी ( हालको लोसपा) बाट यहि क्षेत्रमा निर्वाचित भएका थिए ।

 

Related posts

बुद्धिजिवी परिषद्को मधेस प्रदेश अध्यक्षमा शम्भु गुप्ता चयन

MadhesKhabar

सोनरनियामा करेन्ट लागेर एक बालकको मृत्यु

MadhesKhabar

कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएपछि मधेसका मुख्यमन्त्री सिंह संकटमा

MadhesKhabar

Leave a Comment