रौतहट,७ भदौं : रौतहटको चन्द्रपुर नगरपालिका–१ बाग्मतीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ । दुर्घटनापछि मृतकका आफन्त र स्थानीयले ठक्कर दिनने ट्रकमा आगो लगाएका छन् ।ट्रकमा लागेको आगो निभाउन गएको नगरपालिकाको वारुणयन्त्रमा पनि स्थानीयले ढुंगा प्रहार गरेर क्षति पु¥याएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रकले नुनथर मन्दिर जाने चोक नजिकको सडकमा बिहीबार पैदलयात्री चन्द्रपुर–१ बस्ने ५५ वर्षीया होममाया मगरलाई ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले ट्रकमा आगो लगाएका छन् ।
ट्रकमा लागेको आगो निभाउन पुगेको ना १ झ ६८८ नम्बरको वारुण यन्त्रमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ ।साभार : ईकान्तिपुरबाट

