वीरगन्ज,२६ भदौं : प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य विन्दु कुमारी यादवको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित ४४ वर्षीया यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारकै क्रममा मंगलबार बिहान सवा ८ बजे निधन भएको हो। यादव दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् ।
यादवले २०७२ सालको मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । यादवको स्थायी घर सर्लाही भएपनि उनी लामो समयदेखि जनकपुर–८ मा बस्दै आएकी थिइन् ।

