Madhes Khabar
मधेस प्रदेश

सर्लाहीको बागमतीमा बस दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

सर्लाही,६असार:सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज(बिहीबार ) बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका-११, रायमाझी चोकमा रोकेर राखेको लरी(ट्रक)मा यात्रुबाहक बस ठोक्किंदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रुपन्देहीबाट जनकपुरतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगन्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।साभार:अनलाइनखबर

Related posts

निजगढ विमानस्थल बारे सर्वोच्च अदालतले गरेको फैसलाको सर्वत्र विरोध

MadhesKhabar

पर्सा-१ मा कस्ले जित्ला ? तथ्यांकले भन्छ प्रदीप नै अगाडि

MadhesKhabar

प्रधानमन्त्री देउवालाई मुख्यमन्त्री राउतको काउण्टर : प्रदेश सरकारका गठबन्धनका मन्त्रीहरु हटाउने तयारी

MadhesKhabar

Leave a Comment