Madhes Khabar
मधेस प्रदेश

निजगढ विमानस्थल बारे सर्वोच्च अदालतले गरेको फैसलाको सर्वत्र विरोध

बिहीबार राति निजगढमा मशाल जुलुश निकालेर प्रदर्शन गर्दै माओवादीका नेता कार्यकर्ताहरु

मधेसप्रदेश
वीरगन्ज,१३जेठः
बाराको निगजढमा प्रस्तावित अन्र्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाको चर्को विरोध भइरहेको छ ।
वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलाशले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।
सर्वोच्चको उक्त फैसला लगत्तै देशभरबाट चर्को विरोध भइरहेको छ । बारा र पर्साका सामाजिक सन्जाल प्रयोगकर्ता युवाहरुले पनि सर्वोच्च अदालतको उक्त फैसला मधेस विरोधी रहेको भन्दै फेसबुकमा आक्रोश पोखी रहेका छन् ।
सर्वोच्चको उक्त फैसला विकास विरोधी रहेको भन्दै बाराको निजगढमा नेकपा माओवादीले मशाल जुलुश निकालेर विरोध प्रदर्शन गरेको छ ।माओवादी केन्द्र निजगढ नगर कमिटीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै विरोधमा बिहीबार राति मशाल जुलुश निकालेर विरोध प्रदर्शन गरेको हो । नाराबाजी सहित निकालिएको मशाल जुलुशले नगर परिक्रमा गरेको थियो ।
मशाल जुलुशमा सहभागी माओवादीका कार्यकर्ताले भारतको इशारामा सर्वोच्चको यो फैसला आएको भन्दै भारत सरकार र त्यहाका प्रधाननमन्त्री नरेन्द्र मोदीको विरोधमा नारा पनि लगाएका थिए ।

बिहीबार राति निजगढमा मशाल जुलुश निकालेर प्रदर्शन गर्दै माओवादीका नेता कार्यकर्ताहरु


नगरपरिक्रमा पछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रबिराज दंगालले भारतको इसारामा सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण नगर्न फैसला गरेको आरोप लगाए । उनले निजगढ विमानस्थल निर्माणले यहाँका जनता, मलुकको भाग्य र भविष्य उज्जवल हुने मात्रै नभई सोझै अन्यमुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने महत्वाकांक्षी योजनामा सर्वोच्च अदालतले वातावरण सरक्षणको नाममा रोक लगाएको बताए ।
माओवादी केन्द्रकै अर्का नेता समिप खरेलले मुलुकको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थल काठमाण्डौको ज्ञिभुवन अन्र्तराष्टिय विमानस्थलले यात्रु तथा विमानको चाप थेग्न नसकेको अवस्थामा लामो समयदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको र राष्ट्रले समेत महत्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा लिए दोस्रो अन्तर्रािष्ट्रय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएकै कारण अदालतको निर्णय प्रति बिरोध गरिएको बताए ।

Related posts

मधेस प्रदेशकाे उपसभामुखमा जनमत पार्टीकि बबिता निर्वाचित

MadhesKhabar

रहबर अन्सारी बने मधेस प्रदेशको राज्यमन्त्री

MadhesKhabar

मधेसको पानी संकटबारे भारतले देखायो चासो

MadhesKhabar

Leave a Comment