Madhes Khabar
मधेस प्रदेश

वीरगन्जको मेयरमा राजेशमान र सरावगी बिच झण्डै ९ हजार मतको अन्तर

मधेसखबर
वीरगन्ज,०५,जेठ
: मधेस प्रदेशको एक मात्र वीरगन्ज महानगरको मेयरमा सत्तागठबन्धनले एमालेसंगको अग्रता झण्डै ९ हजार पुरयाएको छ ।
बिहीबार अपरान्ह ४ बजे सम्म ३२७०१ मत गणना हुदा मेयरमा गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवार भन्दा ८८८९ बढि मत प्राप्त गरेका छन् ।
गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहले १८३९३ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार विजय कुमार सरावगीले ९५०४ मत पाएका छन् । सिंहले सरावगीसंगको मतान्तर निरन्तर बढाउदै लगेका छन् । राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ८२२ मत पाएका छन् ।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका उम्मेदवार इम्तियाज आलमले १३२७९ मतका साथ अग्रता कायम राखेका छन् ।
लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले भने २६९४ मत पाएका छन् । उपमेयरमै स्वतन्त्र उम्मेदवार रम्भा मिश्रा भने १८७७ मतका साथ तेश्रो स्थानमा छिन् । राप्रपाकी उपमेयरकी उमेदवार विना जयसवालको भने १४४३ मत रहेको छ ।
३२ वटा वडा रहेको वीरगन्ज महानगरपालिकामा शुक्रबार भएको मतदानमा ७३ प्रतिशत अर्थात ९४ हजार ६ सय मत खसेको थियो ।

Related posts

मधेसमा सरकार बनाउन सिके राउतकाे पार्टी निर्णायक, माग्यो मुख्यमन्त्री

MadhesKhabar

साइकल भ्रष्टाचार प्रकरण: हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउतलाइ उन्मुक्ति

MadhesKhabar

संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षमा उत्रिने मन्त्रि साहको चेतावनी

MadhesKhabar

Leave a Comment