Madhes Khabar
मधेस प्रदेश

मधेसमा पानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोत साधन परिचालन गर्ने :मुख्यमन्त्री सिंह

वीरगन्ज,३१असार:मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुख्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गर्ने बताएका छन् ।त्यसका लागि आवश्यक सहयोग गर्न संघीय सरकार र दातृ निकायहरुसंग उनले आग्रहपनि गरेका छन् ।

मंगलबार जनकपुरमा सरोकारवाला मन्त्रालय र दातृ निकायहरुसंगकाे बैठकमा मुख्यमन्त्री सिंहले सुख्खा र खानेपानीको समस्या समाधानका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए। प्रदेश सरकार तथा दातृ निकायहरुवाट गर्न सकिने तात्कालिन र दीर्घकालिन उपायहरु अवलम्बन गर्न उनले आग्रहपनि गरे ।

मधेस प्रदेशका नागरिकलाई तत्काल राहत महसुस हुने गरि काम गर्न आग्रह गर्दै उनले भने,` बैठक र निर्णय मात्र होइन के गर्न सकिन्छ तुरुन्तै सुरु गरौं´।

मधेस प्रदेशका १ सय ३६ वटै पालिकामा सुख्खा र खानेपानीको समस्या रहेको बताउँदै उनले प्रदेशका नागरिक समस्यामा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे । मधेस प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभाववाट संकटमा रहेका बेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरुलाई मुख्यमन्त्री सिंहले आग्रह गरे । अहिले सुख्खाका कारण धान रोपाइ हुन नसके यसले आगामी दिनमा खाद्यान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अगाडी बढाउन मुख्यमन्त्री सिंहले सरोकारवाला मन्त्रालयलाई निर्देशनपनि दिए।उनले भने,` अहिलेदेखि नै काम सुरु गरौं, कहाँ समस्या आउछ मलाइ भन्नुहोस तर अब नागरिकलाई यो समस्यावाट निकाल्नु हामी सबै गम्भिरताका साथ लागौं।´

 

उनले सुख्खा र खानेपानी समस्याको समाधानका लागि संघीय सरकारसंग आवश्यक छलफल भइरहेको बताए ।
उनले सुख्खा र खानेपानीको समस्या समाधानका लागि हुने सबै प्रयास र कार्यको दैनिक अपडेट गराउन समेत आग्रह गरे ।

बैठकमा भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री,गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी ,उर्जा, सिंचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव लगायततकाकाे पनि सहभागीता रहेको थियो ।

Related posts

मधेसको समृद्धि र विकासका लागि तीनै तहको सरकार बिच सहकार्य हुनुपर्छ – मुख्यमन्त्री राउत

MadhesKhabar

रौतहटमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

MadhesKhabar

देशभरमै सबै भन्दा बढि विधुत चुहावट मधेसमा

MadhesKhabar

Leave a Comment