Madhes Khabar
मधेस प्रदेश

पकहामैनपुर गाँउपालिकाले ल्यायो ३९ करोडको बजेट

मधेसखबर
वीरगन्ज,२५असार : पर्साको पकहामैनपुर गाँउपालिकाको आठौ गाँउसभाको पहिलो बैठक शनिबार सम्पन्न भएको छ ।

गाँउसभाकोे पहिलो बैठकले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३९ करोड़ ३७ लाख ८४ हजार ४सय रुपैया बराबरको बजेट सर्वसम्मतिले पारित पनि गरेको छ । त्यसअघि गाँउसभामा प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए ।

पकहामैनपुर गाँउपालिकाका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षता एंव पुर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न गाँउसभामा गाँउपालिका उपाध्यक्ष सरफुनेशा खातुन ,नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , ,पाच वटै वडाका वडाअध्यक्ष , वडा सदस्य, कार्यपालिका सदस्य , काँग्रेसका क्षेत्रीय सभापति श्रीकिसुन चौहान लगायतको सहभागीता रहेको थियो ।

 

Related posts

पर्सासहित मधेसका आठ जिल्लामा खटाइएका नेपाली प्रहरीका ३१ घुमुवालाई हटाइयो

MadhesKhabar

मधेसमा चुनावकाे तडकभडक कम : आयाेग

MadhesKhabar

राैतहटमा धारामा पानी थाप्ने क्रममा करेन्ट लागेर दुई जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment