Madhes Khabar
मधेस प्रदेश

मधेस : पोखरीमा डुबेर दुई बालकको मृत्यु

सांकेतिक तस्बिर

धनुषा,१३जेष्ठःधनुषाको जनकपुरमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाका जयनारायण महतोका छोरा ६ बर्षीय शिवनन्दन महतो र त्यहि ठाँउका राकेश पासवानका छोरा ६ वर्षीय आदित्य पासवानको पोखरीमा डुबेर मृत्यु भएको हो ।

शनिबार बिहान १० बजेतिर घर जिकैको साहुजी पोखरीमा नुहाउन गएका बेला डुबेर दुवै जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबेका दुवै बालकलाई स्थनीयले उद्धार गरेर उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पुर्याउँदा दुवै बालकलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए ।

Related posts

रौतहट :पानी तान्ने क्रममा करेन्ट लागेर साउनमा मात्रै ४ जनाले गुमाए ज्यान

MadhesKhabar

महाेत्तरीमा सात वर्षिया बालिकालाई बलात्कार गरेकाे आराेपमा विद्यालय सञ्चालक पक्राउ

MadhesKhabar

रौतहटमा पुर्वमन्त्री प्रभु साहको दबदबा – मौलापुरको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवारहरु निर्विरोध

MadhesKhabar

Leave a Comment