
काठमाडौं,१०फागुन : जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशका मुख्यमन्त्रीलाई सहयोग गर्न पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ।
पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको जसपाका प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
समितिको सदस्यमा गोविन्द चौधरी, दीपक कार्की र लालकिशोर साह छन्। मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिवका रुपमा काम गर्ने बस्नेतले बताए।
समितिले पार्टीको निर्देशनअनुसार मुख्यमन्त्रीलाई समयसमयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने काम गर्नेछ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न जसपाले मातहत समितिलाई बुधबार परिपत्र पनि गरेको छ।साभार : अन्नपूर्णपोष्ट

