Madhes Khabar
मधेस प्रदेश

भारतबाट मल लिएर आउँदा बोर्डरमा एसएसबीले गोली चलायो, एक जना घाइते

जनकपुरधाम,७ साउन :धनुषाको सिमासँगै जोडिएको भारतस्थित मैनाथपुर बोर्डरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चार राउण्ड गोली चलाएको छ । धनुषा जिल्लाको मैनाथपुर सिमावर्ती क्षेत्रसँग जोडिएको भारत बिार राज्यअन्तर्गतको मधुवनी जिल्ला ग्रामपञ्चायत– ६ मैनाथपुर सिमामा भारतीय एसएसबीले चार राउण्ड गोली चलाएको हो ।

मैनाथपुर बोर्डर हुदैं भारतीय व्यपारीले रासायनिक मल नेपालमा ल्याउने विषयमा भारतीय एसएसबीसँग भएको विवाद पश्चात एसएसबीले चार राउण्ड गोली चलाएको हो ।

भारतीय व्यापारी लामोहन पासवानसँग भएको विवादमा अवस्थालाई नियन्त्रणमा लिन भारतीय एसएसबीले गोली चलाउँदा भारतीय व्यपारी भर्ता पासवानको दाहिने कम्मरमा गोली लागेको छ ।भारतीय एसएसबीले सुरक्षा अवस्था नियन्त्रणमा लिन चलाएको ४ राउण्ड गोलीमध्ये दुई राउण्ड गोली भर्ता पासवानको कम्मरमा लागेको हो ।

हाल नेपालस्थित विदेह नगरपालिका –१ स्थित महिनाथपुर सिमा र भारतस्थित बोर्डर बन्द गराइएको सशस्त्र प्रहरी मधेस प्रदेशका छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए ।

साथै नेपालबाट भारत तथा भारतबाट नेपाल आउने सर्वसाधारणलाई आवत–जावतमा समेत रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । गोविन्द महतो/अन्नपूर्णपोष्ट

Related posts

मधेस प्रदेशकाे वनमन्त्रीमा रमेश कुर्मी नियुक्त

MadhesKhabar

मधेस प्रदेशकाे उपसभामुखमा जनमत पार्टीकि बबिता निर्वाचित

MadhesKhabar

सर्लाहीमा स्कूटर दुर्घटना हुदाँ आमाको मृत्यु, छोरा गम्भीर घाइते

MadhesKhabar

Leave a Comment