Madhes Khabar
मधेस प्रदेश

सर्लाहीका कांग्रेस सभापति भ्रष्टचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर

कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह i

सर्लाही,१६फाल्गुनः नेपाली कांग्रेसका सर्लाही जिल्लाका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
सर्लाहीमा सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायरको मुद्दामा सर्वोच्च अदालतले सिंहलाई दोषी ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला गरेको हो ।सर्वोच्चले गरेको फैसलामा कैद र जरिवानाको सजाय भने खुल्न बाँकी छ ।

विशेष अदालतले दोषी ठहर गर्दै साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला सुनाएपछि उनी पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले उनको पुनरावेदनमा दाबी नपुग्ने भन्दै दोषी ठहर गरेको हो ।

सिंहले सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो ।विशेषमा मुद्दा दायर हुनुभन्दा अगाडि उनी ६ महिना अख्तियारको हिरासतमा बसेका थिए ।

मन्समरा सिँचाई आयोजनामा उपभोक्ता समितिको अध्यक्ष हुँदा भ्रष्टाचार गरेको कसूरमा पनि सिंह सर्वोच्चबाट दोषी ठहर भएका थिए ।सिंह नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवा निकट मानिन्छन् ।साभारःलोकान्तरबाट

Related posts

मधेश प्रदेशमा प्रथम मधेश प्रदेश युवा महोत्सव आयोजना

MadhesKhabar

रौतहटमा ट्रान्सफर्मर चोरी गरेको आरोपमा ४ जना पक्राउ

MadhesKhabar

वीरगन्जमा मधेस विश्वविधालय स्थापना : वीरगन्जवासीको २५ वर्ष देखिको चाहना पुरा

MadhesKhabar

Leave a Comment